लण्डन। बेलायतका लागि नेपाली राजदूतको रुपमा पूर्व मुख्यसचिब लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ । विहिबार संसदीय सुनुवाइ समितिले रेग्मीको नाम राजदूतको रुपमा अनुमोदन गरेको छ।
सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको थियो ।
तिनै जनाको आज सुनुवाई भएको हो । रेग्मी र खतिवडा विरुद्ध उजुरी परेको थियो । तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा आएनन्। उजुरीकर्ता नआएपछि समितिले सुनुवाइ अगाडि बढाएको थियो।
प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता र क्षमता समितिमा प्रस्तुत गरका थिए।






