काठमाडौं । बेलायत, अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले प्रस्तावित राजदूतहरुको सुनुवाइ भइरहेको समिति सदस्य भीमसेनदास प्रधानले जानकारी दिए ।
बेलायतका लागि लोकदर्शन रेग्मी,अमेरिकाका लागि राजदूत प्रस्तावित युवराज खतिवडा र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम प्रस्ताव गरिएको छ ।
समितिमा प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध समितिमा उजुरी परेको थियो । तर, उनीहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि कात्तिक १७ गते सोमबार तय भएको सुनुवाइ आजका लागि तय गरेको थियो ।
मन्त्रिपरिषद्को असोज १६ गते बसेको बैठकले उनीहरुलाई राजदूत सिफारिस गरेको थियो ।






