आईजीपीलाई नै बेलायत जान रोक, मन्त्रीलाई पनि जान दिइएन

upendra kant aryalकाठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको बेलायत भ्रमण मन्त्रिपरिषदले अस्वीकृत गरेको छ ।

प्रहरी महानिरीक्षक अर्याल डीएफआईडीको सहयोगमा बेलायत जाने कार्यक्रम तय भएको थियो। आईजीपीको बेलायत भ्रमणको प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदसमक्ष लगेको थियो, तर उनी के र कुन उद्देश्यका लागि बेलायत जान लागेका हुन् भन्ने कुराको औचित्य प्रस्तावमा नखुलाइएपछि गृहको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकृत गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही समयअघि मात्रै सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेष्णीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७२ कार्यान्वयनमा ल्याएको थियो।

मन्त्रीलाई पनि जान दिइएन

मन्त्री, सुरक्षा निकायका प्रमुख तथा सचिवहरु फजुल र अनावश्यक कार्यक्रममा विदेश जान खोजेपछि सरकारले उनीहरुको विदेश भ्रमण अस्वीकृत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सरसफाईमन्त्री प्रेमवहादुर सिंह, उद्योग राज्यमन्त्री मेघराज निषाध, श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको बेलायत भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको हो।