आन्दोलनरत मधेसी मोर्चाको बैठक बस्दै

morchaकाठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ।

मोर्चाको वैठकमा सरकारसँग भइरहेको वार्ता प्रक्रिया र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने छलफल हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। उनले बैठक सकिएपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने बताए।

सरकारसँग कार्यदलस्तरमा बार्तामा गरिरहने र त्यसका साथै आन्दोलनका कार्यक्रम पनि अगाडि बढाइने सुमनले बताए। उनले मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताए।

बैठकमा तराईमा मोर्चाले गर्दै आएको पछिल्लो पाँच महिनाको आन्दोलनको पनि समिक्षा हुने छ।