नेपाली छोरी सञ्जिता प्रधान राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्त

SONY DSC

लन्डन ,नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन ।

शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ पदका मनोनयन मध्य आयोवा राज्य निवासी नेपाली छोरी सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन ।

ह्वाइट हाउसद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति ओवामाले भनेका छन्, ‘म मनोनयन गरिएका सल्लाहकारहरुसँग काम गर्न उत्सुक छु ।’

राष्ट्रपति ओवामाले सल्लाहकारमा मनोनित भए लगतै प्रधानले भनिन, ‘आउँदो साता मलाई सपथका लागि राजधानी वासिंटन डिसी बोलाइएको छ ।

उनले थपिन, ’मेरो करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा बढी सक्रिय छु ।’ यसघि प्रधानले शरणार्थी रिसेटलमेन्टमा काम गरिसकेकी छिन भने सन २०१३ देखि आयोवास्थित एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत रहेकी छिन ।

यसै साता नेपाली अमेरिकन किरण सिटौला मेरिल्याण्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर निर्वाचित भएका थिए भने आयोवा राज्य निवासी अर्की नेपाली अमेरिकन सञ्जिता प्रधानलाई राष्ट्रपति ओवामाले शनिबार एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट सल्लाहकारमा मनोनित गरेका हुन् ।