चिनियाँ अर्बपति ज्याक मा ले नेपालमा एक हजार घर बनाइदिने

chiniya

लन्डन , बिश्वचर्चित इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन्।

ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने भएको हो । ’ज्याकले १ हजार घरका लागि रकम दिने र आफ्ना १० जना उच्च पदस्थ कार्यकारीहरुलाई नेपाल पठाउने बचन दिएका छन’ चौधरीले अमेरिकी पत्रिका फोर्ब्ससँग भने।

हालै मात्र चौधरीले आफ्नो संस्थामार्फत् एक हजार र अन्य संस्थासँग मिलेर बाँकी नौ हजार गरी कूल १० हजार घर निर्माण गर्ने घोषणा गरेका थिए। सोही बमोजिम उनले आफ्ना विश्वभरका अर्बपति साथीहरुलाई नेपालमा सहयोगका लागि अपिल गरेका थिए।

चौधरीको आग्रह स्वीकार्दै ज्याकले एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् भने भारतीय मूलका इण्डोनेसियाली अर्बपति श्रीप्रकाश लोहियाले पनि एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् । यी दुवै अर्बपति चौधरीको संस्थासँग हातेमालो गर्नेछन्।