लण्डन ,नेपालमा २५ अप्रैल २०१५ सनिबारका दिन गएको ७.९ रेक्टर स्केलको महाभूकंपले ठूलो जन-धनको क्षति भएको भूकंप पीडितहरुलाई लण्डनस्थित नेपाली रेस्टुरेन्टहरुले सहयोग स्वरुप एकदिनको कमाइ दिने भएका छन |
नेपलिज क्याटरिंग एसोसिएसन युकेले आफ्ना सदस्य रेस्टुरेन्टहरुलाई एक दिन च्यारिटी आयोजना गरी सोबाट आर्जन हुने कमाइ नेपालका भुकम्प पीडितलाई दिन आहृवान गरेको छ ।
पटक पटकको भूकम्पको धक्काले देशको संपूर्ण भागलाई नराम्रोसग प्रभावित गरेको छ | मानिसहरु मरेका छन ,अंगभंग भएका छन ,आफन्त घुमाएका छन र घरवार बिहिन भएका छन |बिपत्तिको यो घडीमा देश तथा जनतालाई उद्धार देखी लिएर राहत सामग्रीको अति आवश्य्कता भएको उल्लेख गर्दै एसोसिएसनले बेलायतजस्तो विकसित देशबाट गरिएको सानो सहयोग पनि देशका लागि ठूलो हुने निस्कर्ष निकालेको छ ।
बेलायतमा नेपालीको प्रमुख व्यवसाय भनेको रेस्टुरेन्ट हो | सबै नेपाली रेस्टुरेन्ट सञ्चालकहरुले एक दिनको कमाइ नेपालका भुकम्प पीडितको सहयोगार्थ दिने हो भने धेरै ठूलो सहयोग हुनसक्ने हामीले देखेका छौँ” अध्यक्ष थापाले भने ।
एसोसिएसनका अध्यक्ष विजय थापाका अनुसार मुनाल तन्दुरी रेष्टुरेन्टले आयोजना गरेको च्यारिटीमा करिब ५ हजार पाउण्ड संकलन भएको र महासचिव किशोर सापकोटाको गोरखा प्यालेस फोल्क्स्टोनमा करिब ६ हजार पाउण्ड संकलन भएको बताए । अहिलेसम्म मुनाल तन्दुरी, मोन्टिज इलिंग, गोरखा प्यालेस फोल्क्सटोन, गोरखा प्यालेस फार्नब्रो आदिले च्यारिटी कार्यक्रम आयोजना गरिसकेका छन् भने थुप्रै रेस्टुरेन्टहरु च्यारिटी कार्यक्रम आयोजना गर्दैछन् ।
भुकम्पबाट पीडितहरुलाई आफु सक्दो सहयोग प्रदान गर्न सहयोगी हातहरु अगाडी बडाउनु हुने छ भन्ने अपेक्षा अनि बिस्वास राख्दछौ ,अध्यक्ष थापाले भने ।







