गुल्मी र बारामा चट्याङले लागेर तीन जनाको ज्यान गएको छ । सोमबार परेको चट्याङले लागेर गुल्मीमा दुई जनाको ज्यान गएको भने आइतबार राति परेको चट्याङले लागेर बारामा एक जनाको मृत्यु भएको हो ।
सोमबार परेको चट्याङले लागेर गुल्मी मुसिकोट ६ बगैचाकी ४३ वर्षकी सुमित्रा खराल र पौंदिअमराई –८ च्यानडाँडाका ४८ वर्षका धनि पाठकको ज्यान गएको प्रहरीले जनाएको छ ।चट्याङले लागेर घाइते भएका दुई जनाको पाल्पाको प्रभास स्थित लुम्बिनी मेडीकलमा उपचार भैरहेको छ । बाराको सिम्रौनगढ नगरपालिका १ का रामबहादुर मुखिया विनकी ११ वर्षीया छोरी गिरजा मुखिया विनको मृत्यु भएको हो । विनकै छोरा पाँच वर्षीय प्रेम मुखिया विन घाइते भएको प्रहरीले बताएको छ ।







