काठमाडौं– भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले परराष्ट्र मन्त्रालयमार्फत राजीनामा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका हुन् ।
बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बदलिँदो विश्व परिवेशमा नेपालको कूटनीतिबारे प्रस्तुति दिन आएका उपाध्यायले निकै अघिदेखि नै आफू सक्रिय राजनीतिमा फर्कन चाहेको धारणा ब्यक्त गर्दै आएका थिए । राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत नभएसम्म काम गरिरहन सक्ने परराष्ट्र अधिकारीहरुले बताएका छन् ।
उपाध्यायले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचन चुनाव लड्न राजदूत पदबाट राजीनामा दिएका हुन् ।






