लन्डन। गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा बीरबहादुर बलाल निर्विरोध चयन भएका छन ।आइतबार समाजका अगुवाहरुले अल्डरसटमा संयुक्त छलफल गरी सहमति जुटाएका हुन्।
समाजको सातौँ अधिवेशन मे १ मा अल्डरसटको प्यालेस हलमा सम्पन्न भएको हो । सोही अधिवेशनले समाजको नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

यसअघि समाजको नेतृत्व दावी गर्दै अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका दुई उम्मेद्वार उपाध्यक्षहरु मति प्रसाद पुन र तारानाथ भण्डारी सहमतिमा जुटेपछि बलाल सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन्। अध्यक्षमा निर्विरोध बलाल समाजको वर्तमान कार्यसमितिका महासचिव हुन् ।

अध्यक्ष पदमा सहमति जुटेसंगै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित हुने समाजको सिंगो कार्यसमिति नै सर्वसम्मत भएको छ।
यसै गरि कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी, वरुण भण्डारी र तारा भट्टराई समेत निर्विरोध भएका छन् भने महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध भएका छन्।






