भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र घोषणा

saptari_Madheshसप्तरी- जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

भारदह, रुपनी र सदरमुकाम राजविराजमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

गत शनिबार राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस-९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस-४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो ।

प्रहरीको गोलीले तीन स्थानीयको मृत्यु भएपछि सप्तरी तनावग्रस्त छ ।