सुनसरी– सुनसरीको भाण्टाबारीमा भारतीय सीमा सुरक्षा फौज (एसएसबी)ले गोली चलाउँदा स्थानीय चार नेपाली घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मल ल्याउने क्रममा क्यारियरवालासँग विवाद भएपछि एसएसबीले बुधबार बिहान ६ बजे गोली चलाउँदा नेपाली घाइते भएको बताए ।
एसएसबीको गोली लागि हरिपुरकै आशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।






