काठमाडौं- एमाले पोलिट्ब्यूरो सदस्य विजय पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।
सम्पत्ति छानबिनका लागि भन्दै अख्तियारले पत्र काटेपछि पौडेलले छानबिन नटुंगिएसम्मका लागि राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका नाममा राजीनामा पत्र लेख्दै आजका मितिसम्म कुनै पनि दाग नलागेको भन्दै मुद्धाको छिनोफानो नभएसम्मका लागि राजीनामा दिएका हुन् ।
पौडेल पहिलो संविधानसभामा समानुपातिक सभासद् थिए । उनले अख्तियारमा बिहीबार नै बयान दिएका छन् ।
पौडेल अहिलेसम्म लाभको पदमा भने बसेका छैनन् ।






