त्रिभुवन विमानस्थलमा चोरको बिगबिगी

tia nepalबाणिज्य बैंकको शाखामा चोरी गर्ने पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलको अप्रेशन भवनमा रहेको बैंकको कार्यालयमा गत जेठ २७ गते राती चोरी भएको थियो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका रुपेश श्रेष्ठ र तेज बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । दुवै हाल ललितपुरमा बस्दै आएका छन् ।

दुवैले बैंक शाखा कार्यालयमा एटिएम बक्स माथि रहेको भेन्टिलेशनबाट फलामको रड सहित प्रबेश गरी कार्यालय भित्र क्षेति पुर्याई चोरी गरेका थिए । उनीहरुलाई चोरीमा प्रयोग भएको रडसहित पक्राउ गरिएको छ ।

त्यस्तै सिल्क एयरको लोडअनलोड गर्न आजाद निर्माण कम्पनी मार्फत खटिएका जिल्ला सर्लाही बसन्पुर ८ घर भई हाल जिल्ला भक्तपुर बालकोट बस्ने राम विनय कुमार यादवलाई पनि चोरीको मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ । शंका लागि चेकजाँच गर्ने क्रममा यादवबाट आइफोन ६ बरामद भएको थियो । उनले मोबाईल सेट लुकाईछिपाई लान लागेका थिए ।

तीनै जनालाई चोरी मुद्दामा आवश्यक कारावहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।