शिब भण्डारी
लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेले आफ्नो पहिलो बार्षिकोत्सब मनाएको छ । नेपाली वेलफेयर सोसाइटी यूके अर्थात (न्युज यूकेले) एक भब्य कार्यक्रमको आयोजना गरी बार्षिकोत्सब मनाएको हो । सामाजिक सेवा गर्ने विशुद्ध परोपकारी लक्ष्य सहित स्थापना भएको न्यूज यूकेले आफ्नो स्थापना भएको एक बर्षको खुशीयाली भर्चुअल रुपमै मनाएको हो ।
अनलाइन जुम मार्फत गरिएको बार्षिकोत्सब कार्यक्रममा सोसाइटीका अध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी बिशेस अतिथि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ्ग,एनआरएनए आइसीसी महासचिब डा हेमराज शर्मा,एनआरएनए डिआरसी कृष्ण तिमेल्सेना,आईसिसी सदस्य रामशरण सिम्खडा,योग कुमार फगामी, ललित नौपाने,एनआरएनए युके उपाध्यक्ष रोजिना प्रधान राई,नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, नर्थ टाउनका लेबर काउन्सिलरद्धोय गेनर अस्टिन, किथ डिबल, हनवर्थ पार्कका लेबर काउन्सिलर विष्णु गुरुङ्ग लगायतको उपस्थिति थियो ।
यसैगरी कार्यक्रममा पूर्व अन्चलाधिस उत्तर टमाटा,बरिस्ठ पत्रकार भागिरथ योगी,लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी,रेडियो हिमालयका सम्पादक पत्रकार बुद्धि बिस्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी जस्टिश अलायन्सका अध्यक्ष धरम विश्वकर्मा, नोप्स यूरोपका माहासचिब तेजबहादुर नेपाली तथा प्रकाश गजमेर , नेपाल आदिबासी जनजाती महासंघ यूकेका अध्यक्ष जंग सुनुवार, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, हङकङ नेपाल मन्चका अध्यक्ष हरि गुरुङ, चितवन ट्रष्ट यूकेका अध्यक्ष जीवन सेन, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, सयपत्री नेपाली कल्चरल ग्रुपका अध्यक्ष डम्बर सिङ,शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका अध्यक्ष भिम बानिया, रोयलबरो अफ ग्रिनवीच नेपाली सोसाइटीका अधयक्ष शर्मिला हिराचन थकाली, विश्वकर्मा भोटेवदारका संस्थापक राज कुमार सुनार, सयपत्री नेपाली सेवा समाज यूकेका अध्यक्ष दिलिप मोहरा, विश्वकर्मा वेयलफेयर सोसाइटीका अध्यक्ष कुमार सुनार चन्द्र, संगम नेपाली समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल , गोर्खा नेप्लीज कम्य्ुनिटी लण्डन बरो अफ होनस्लोका अध्यक्ष डोल मल्ल, नेपाली युथ असोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ, क्रोडन नेप्लीज कम्युनिटीका अध्यक्ष डा. सुरजमणी पौडेल,सस्थापक अध्यक्ष धुर्ब हरि बास्कोटा,रोयल बरो अफ ग्रिनवीच नेपाली सोसाइटी यूके भाषा तथा सस्कृति विभागका संरक्षक पूर्वअध्यक्ष हरि गोविन्द गुरुङ, रोजीहीरा फाउन्डेसन यूकेका संस्थापक हिराधन राई, शिव कल्चर एन्ड कम्युनिटीका पूर्वअध्यक्ष रोहित गुरुङ, विश्वकर्मा वेयलफेयर यूकेका पूर्वअध्यक्ष थम बहादुर विश्वकर्मा, टिडवर्थ नेपाली समाजका पूर्वअध्यक्ष ढकाल लोहनी,विश्वकर्मा वेयलफेयर सोसाइटी यूकेका पूर्वअध्यक्ष क्याप्टेन गोपाल विक,सयपत्री नेपाली समाज यूकेका उपाध्यक्ष धन बहादुर परियार, लगायतको उपस्थिति रहेको थियो
यसैगरी कार्यक्रममा नेपाली वेयलफेयर सोसाइटी यूकेका उपाध्यक्ष पूर्ण बहादुर नेपाली, सोसाइटीका सचिब शमसेर नेपाली, सहकोषाध्यक्ष किरण नेपाली, सदस्य धमेन्द्र बौडेल,आशा देबी रोका, दिल रुचाल, बरिष्ठ सल्लाहकार गोपाल रोका, सल्लाहकारहरु उदि नेपली,दिलबहादुर सार्की तथा संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
पहिलो बार्षिकोत्सबको सुभ अबसरमा नेपालबाट बरिस्ठ संगीतकार बीबी अनुरागीको संयोजनमा चर्चित गायक- गायीका सुमधुर स्वरका धनी कमल कुमार बिश्वकर्मा, ताराकान्त हरि,रेशम निर्दोस प्रतिमा बिस्वकर्मा, सुकुराम रसाइली सितल गुरुङ र किरण मगर लगायतको सागीतिक टोलीले शुभकामना नेपाली दाजुभाई- नेपाली वेलफेयर सोसाईटी युके लाई भन्ने सुभकामना गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत डा. सुवेदीले नेपाली समाजमा नेपाली वेयरफेयर सोसाइटीले निकै राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा सहयोगको सञ्जाल अझै विस्तार गर्न सुझाव दिए । “गास बास र कपासको समस्यामा परेका धेरै नेपालीको पेट भर्ने र चुल्हो बाल्ने काम यसले गरेको छ, यस संस्थाको महान कार्यमा संलग्न हुँन पाउँदा मैले पनि गर्व महसुस गरेको छु,“ उनले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष तथा बाँचौँ र बचाऔँ अभियानका संयोजक धन बहादुर सार्कीले गास, बास र कपासको समस्याबाट ग्रस्त नेपालीहरुको घरमा केही पेट भर्न, न्यानो दिन उद्धेश्य सहित यस संस्थाको परिकल्पना गरेको बताए । अभियानले स्वदेशका दर्जनौ जिल्लामा हजारौ नागरिकलाई राहत बाड्न सफल भएका भन्दै उनले भने, “यो मेरो र हाम्रो संस्थाको पहलले मात्र भएको होइन, तपाई हामी सबैको समन्वयले सम्भव भएको हो, हामी गाँउगाँउमा पुगी यसरी राहत वितरण गर्दा ती भोका, पीडामा रहेका नेपालीहरुले दिएको आर्शिवाद सधै शीरमै लागिरहने मैले अपेक्षा गरेको छु।“

त्यसैगरी एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङ्गले न्यूज यूकेले नेपाली समुदायको हकहितमा गरेको काम प्रशसंनीय भएको प्रतिक्रिया दिइन् । यस कार्यमा एनआरएनएले पनि भरमग्दुर सहकार्य गर्न पाएको भन्दै संस्थाको काममा एनआरएनएलाई पनि जोडेकोमा धन्यवाद दिइन् ।
कोरोना महामारीको कारण भव्य रुपमा प्रत्यक्ष रुपमा कार्यक्रम गर्न नसकिएको भएपनि भर्चुअल्ली गरिएको कार्यक्रम लन्डन नेपाल न्युज मार्फत प्रशारण गरिएको कार्यक्रम भव्य देखिन्थ्यो ।
कार्यक्रममा सकारात्मक सोचका अभियन्ता एबम अध्यक्ष सार्कीले प्रमुख अतिथि तथा राजदूत डा.सुवेदीलाई सस्थाको तर्फबाट मायाको चिनो सहित कदर पत्रले सम्मान गर्दै संस्थाले चालेका हरेक अभियानमा उनले दिएको सकारात्मक सुझाव र पहलकदमी हामी कहिल्यै बिर्सन भएको नसक्ने बताएका थिए ।
सो अवसरमा संस्थाको राहत वितरण कार्यमा देशका विभिनन ठाँउमा रहेर साथ दिने स्याङ्जा पुतलीबजार नगरपालिका घर भएकी रञ्जना सुन्दास, धादिङ्ग ज्वालामुखी नगरपालिका निवासी ज्ञानेन्द्र खकुराल, चितवन घैलाघारीका रबिलाल विश्वकर्मा, उदयपुर त्रियुगाका जनक घिमिरे विश्वकर्मा, नेपालगञ्जका अमन गुप्ता, सप्तरीका भोला कुमार पासवान, कैलालीका मिन चोखाल मुख्यसाप, दाङ घोराहीका सौरव केसी, जाजरकोटका पार्वती विश्वकर्मा, रुक्ुमका दिपेन्द्र विश्वकर्मा, खोटाङ्गका एसबी सेन्चुरी, लमजुङ्गका टिका बस्याल, मोराङका प्रमिला लकन्द्री, म्याग्दीका सिर्जना विश्वकर्मा र पुष्कर विश्वकर्मा, तनहुँका रमेश नेपाली, सिन्धुपाल्चोकका राजु घताने,चितवनका रमेश तामाङ, गोर्खाका बाबुराम दनकुटी र बाग्लुङ्गका अनिल नेपाली र टिका कुमारी विश्वकर्मा,लाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीको स्वागत रहेको कार्यक्रमको सञ्चालन एनआरएनए यूकेका सचिब समेत रहेका ग्रिनविच नेपाली समुदायका उपाध्यक्ष तथा कुशल कार्यक्रम सञ्चालक जित रानाभाटले गरेका थिए। अध्यक्ष सार्कीले न्यूज यूकेको प्रगतीविवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा सोसाइटीले गरेका हरेक कामहरु सफल गराउन अहम भूमिका निभाएको भन्दै कार्यक्रम सञ्चालक जित रानाभाट लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी,नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै रोयल बरो अफ ग्रिनवीच नेप्लीज सोसाइटी यूकेका अध्यक्ष शर्मिला हिराचन थकाली,रोयल बरो अफ ग्रिनवीच नेप्लीज सोसाइटी यूकेका भाषा तथा सस्कृति विभागका संरक्षक तथा पूर्वअध्यक्ष हरि गोविन्द गुरुङ,सयपत्री नेपाली सेबा समाजका अध्यक्ष दिलिप मोहरा, रोजिहीरा फाउन्डेशनका अध्यक्ष रोजीना प्रधान राई, नेपाली युथ एसोसियसन यूकेका अध्यक्ष लक्ष्मण गुरुङ, विश्वकर्मा वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष कुमार सुनार चन्द्र, चितवन एड ट्रष्टका अध्यक्ष जीवन सेन, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष गोमा पौडेल, गोर्खाली समाजका अध्यक्ष कर्ण दर्लामी मगरलाई पनि विशेष कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका ब्यक्तीहरुले संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै आगामी दिनको नया संस्थागत यात्राको शुभकामना समेत दिएका थिए।






