पत्रकार महासंघ युकेले महत्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

शिब भण्डारी लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको वार्षिक साधारणभा आइतबार सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको साधारणसभाले सांगठनिक र भावी कार्यक्रम सम्बन्धी प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितसँगै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोभिडको कारण समस्यामा परेका पत्रकारहरुको सुरक्षाको निम्ती एक करोड रुपैयाको कोष खडा गरेको जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ यूकेको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यूके शाखाकै पहलकदमीमा खडा गरिएको कोषमा हालसम्म ७५ लाख रुपैया जम्मा भएको र केन्द्रिय अधिवेशन सम्म एक करोड प्ुर्याउने लक्ष्य राखिएको बताए ।

पत्रकारहरुलाई राहत दिन बेलायत शाखाले सहयोग पनि गरेकोेमा धन्यवाद दिदै उनले कोभिडले पारेको प्रभाव न्यूनिकरण गर्न तथा पत्रकारको संकटको जोखिम न्यूनिकरण डेस्क स्थापना गरेको, श्रम समस्यामा सहजीकरण गर्न निशुल्क कानुनी परामर्श दिनेगरी श्रम डेस्क स्थापना गरेको बताए ।कोेभिडले पारेको समस्या न्यूनिकरण गर्न पत्रकारको ठूलो योगदान हुने भन्दै उनले विश्वभरी छरिएका नेपालीहरुलाई परेका समस्या बोल्नको निम्ती महासंघका सबै पत्रकारलाई समेत आग्रह गरे ।

हामी जहाँ छौँ त्यहिबाट मार्यादिन बनौ, जिम्मेवारी पूरा गरौँ । समाजको आवाज बोल्ने काम गरौँ, उनले भने, पत्रकार महासंघ भनेको नेपालमा सबैभन्दा जेठो नागरिक संस्था हो । जेठो भएकोले पत्रकारको हकहित मात्र नभएर जनताको हकहित हामीले उठाउनुपर्छ ।उनले लोकतन्त्र, मानवधिकारको रक्षा, विधिको शासन भए मात्र प्रेस स्वतन्त्रता हुने बताउँदै यसको लागि पत्रकारहरुले हरेक क्षेत्रमा अग्रपंक्तिमा रहेर संघर्ष गरेको बताए । महासंघ कुनै दल वा पार्टीसँग आस्था राख्ने संस्था नभएको भन्दै उनले महासंघको फोरमबाट निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

महासंघ यूकेका अध्यक्ष खपाङ्गीले महामारीले पत्रकारिता मात्र नभएर हरेक संघसंगठन माथि ठूलो चुनौति थपेको बताए ।

संस्थाको सदस्यता सुदृढिकरण गर्ने विषयमा दिइएको जिम्मेवारी सम्बन्धमा भविष्यमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा बरिष्ठ पत्रकार एबम शाखाका सल्लाहकार भागिरथ योगीले प्रकाश पारेका थिए । बार्षिक सांगठानिक प्रतिवेदन महासचिव सञ्जय कंडेलले पढेर सुनाएका थिए भने कोषाध्यक्षको अनुपस्थितीको कारण आर्थिक प्रतिवेदन महासंघका अध्यक्ष खपाङ्गीले प्रस्तुत गरेका थिए ।

महासंघका उपाध्यक्ष एबम कार्यक्रम संयोजक विमला सेनले संचालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष एबम सल्लाहकार नविन पोखरेल,पूर्वअध्यक्ष तथा सल्लाहकार चिरण शर्मा, प्रेस यूनियन यूकेका अध्यक्ष विपिन निरौला, फोनिज यूकेकी अध्यक्ष प्रमिला राई लागायतले शुभकामना मन्तब्य राखेका थिए । भने कार्यक्रममको सञ्चालन महासचिब सञ्जय कंडेलले गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए ।साधारणसभाले सांगठनिक र भावी कार्यक्रम सम्बन्धी प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितसँगै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बरिष्ठ पत्रकार एबम शाखाका सल्लाहकार भागिरथ योगीको संयोजकत्वमा नेपाल प्रेस यूनियन बेलायतका अध्यक्ष बिपिन निरौला र फोनिज यूकेकी अध्यक्ष प्रमिला राई समेत संलग्न हुनेगरी बिगतको समितिलाई बिस्तार गरी सदस्यता शुद्धिकरण कार्यान्बयन समिति गठन गरिएको छ।

हेरौ भिडियो सहित: