काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले कामु प्रधानन्यायाधीश सुशीला कार्की नातेदार भएको हुँदा आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिनुभएको छ ।
आयोगका प्रमुख कार्कीले अदालतको अवहेलना गरेको भन्दै शान्ता दीक्षितले केही समयअघि दायर गर्नुभएको मुद्दाको सुनुवाइका क्रममा आज प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा सो निवेदन दिनुभएको हो ।
अधिवक्ता करुणकर मल्लिकले इजलासमा सात पुस्ताभित्रको नातेदारको भएको हुँदा कामु प्रधानन्यायाधीश कार्कीले सो मुद्दा हेर्न नमिल्ने उल्लेख गर्दै लोकमानको निवेदन दिनुभएको थियो ।
निवेदनका विषयमा प्रधानन्यायाधीश कार्कीले आफूलाई आयोगका प्रमुख कार्की नाता पर्नुहुन्छ भन्ने थाहा नभएको जवाफ दिनुभएको थियो ।






