बेलायतको मिड्ल्याण्डमा “एनआरएनए गोल्डन एभरेष्ट क्रीकेट लीग सुरु”६ टिमले प्रतिष्पर्धा गर्ने

शिब भण्डारी

लण्डन । बेलायतको मिड्ल्याण्डमा “एनआरएनए गोल्डन एभरेष्ट क्रीकेट लीग” सुरु भएको छ । बेलायतमा हुर्कदै गरेको नेपाली युवा पुस्तालाई क्रिकेट खेल प्रति रुची बढाउन र सहभागी बनाउन लिगको आयोजना गरिएको हो ।

पहिले मिड्ल्याण्डका नेपाली युवाहरुलाई वलिङ्ग र ब्याटिङ्गका लागि आव्हान गर्दै मिडल्याण्डमा २०१९ देखि गोल्डन एभरेष्ट क्रीकेट लीगको रुपमा सुरु भएको यो प्रतियोगीता अहिले भने बेलायत भरीका नेपालीहरुलाई सहभागी गराउने उद्धेश्यले एनआरएनए गोल्डन एभरेष्ट क्रीकेट लीगको रुपमा विस्तार गरीएको छ ।

गैर आवासीय नेपाली संघ युकेको तत्वाबधानमा सुरु भएको यो लिगलाई गोल्डन एभरेष्ट समुहले प्रायोजन गरेको छ । लिगको संयोजन गैर आवासीय नेपाली संघ युकेका कार्यसमिती सदस्य तथा खेलकुद विभाग अन्तर्गत क्रिकेट संयोजक दिपक सापकोटाले गरेका छन् । उनै सापकोटाको पहलमा २०१९ मा यो प्रतियोगिताको सुरु भएको हो ।

विगतमा मिडल्याण्डलाई मात्रै लक्षित गरी सञ्चालन गरिएको यो लिग अहिले सम्पूर्ण बेलायतबासी नेपाली खेलाडीहरुलाई सहभागी गरिएको सापकोटाले बताए । खेलमा सहभागी हुन समुह दर्ता लिग सुरु भएको भएपनि गर्न सकिने उनले बताए।

संयोजक सापकोटाका अनुसार अहिले लीगमा नोटीइघम समाजबाट २ टीम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पीटरब्रो लगायतबाट गरी ६ ओटा क्रिकेट टीम दर्ता भएका छन् । तिन महिना सम्म चल्ने यो लिगमा कम्तिमा २६ खेल खेलीनेछ । लिगको अन्तमा एक भव्य समारोह गरी खेलाडी र टिमलाई र खेलाडीलाई प्रोत्साहन गरिने नोटीइघँम टीमका पूर्व कप्तान तथा नोटीइघँम समाजका निवर्तमान अध्यक्ष तथा गैर आवासीय नेपाली संघ युकेका सदस्य दीपक सापकोटाले बताए ।एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरले नेपाली युवाहरु विदेशमा रहेर पनि खेलप्रति आकर्षण देखेर आफुलाई निकै गर्व महसुस भएको बताउँदै खेल सम्पन्न गर्न आफ्नो साथ सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरे ।