बेलायतको संसददेखि बेलफास्टसम्म नेपालको संसदीय टोली

लण्डन । नेपालको एक संसदीय प्रतिनिधिमण्डलले बेलायतको अध्ययन भ्रमण पुरा गरेको छ ।

वेस्टमिन्स्टर फाउन्डेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बेलायत आएको प्रतिनिधि मण्डलमा संसदको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङसांसदद्वय नीरा देवी जैरुअनिता देवकोटासंसद सचिवालयका सचिव भरतराज गौतमसंसद सचिवालयको कानून इकाईका प्रमुख अर्जुनकुमार खड्कासंसद सचिवालयका सहसचिव मनोजकुमार गिरी तथा वंशीराज पौडेल एवं उपसचिव रेखा उपाध्याय छन् ।

अध्ययन भ्रमणका क्रममा नेपाली टोलीले ब्रिटिश संसदका विभिन्न समितिहरुप्रधानमन्त्रीको प्रश्नोत्तर सत्रअल पार्टी पार्लियामेन्ट्री कमिटी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मा लगायतसँग भेटघाट गरेका थिए । उक्त टोलीले विहीबार र शुक्रबार बेलफास्ट शहरको भ्रमण गरी उत्तर आयरल्याण्डको प्रान्तीय संसदीय प्रणालीको अध्ययन गर्यो ।

प्रतिनिधि मण्डलका नेता तथा सांसद परशुराम मेघी गुरुङले नेपालको संसदीय अभ्यास पनि वेष्टमिन्सटर प्रणालीमै आधारित रहेकाले वेलायतती  सांसदहरु संगको भेटघाट आफूहरुका लागि लाभदायी भएको बताए । कानून निर्माण र त्यसको कार्यान्वयनमा आइपर्ने  समस्या र निराकरणको बारेमा आफूहरुको ध्यान केन्द्रित रहेको पनि गुरुंगले बताए । प्रतिनिधि मण्डलकी एक सदस्य तथा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले खास गरी बेलायती संसदको कमिटि प्रणाली तथा प्रधान मंत्रीको छुट्टै सचेतकको व्यवस्था नेपालका लागि उपयोगी हुन सक्ने बताइन्। संसद सचिवालयका सचिव भरतराज गौतमले भ्रमण उपलब्धिपूर्ण रहेको र यसबाट सबैलाई फाइदा पुग्ने बताए ।

भ्रमण टोली को सम्मानमा नेप्लिज वुमन एसोसिएशनयुकेकी अध्यक्ष आरती श्रेष्ठले स्वागत समारोह तथा रात्री भोजको आयोजना गरेकी थिइन् । स्वागत समारोहमा सोलिसिटर राजु थापापूर्व क्याप्टेन आरके श्रेष्ठनेपाली दूतावास लन्डनका प्रतिनिधि तेजेन्द्र रेग्मी लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *