नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण कम बोल्ने र धेरै अध्ययनमा रमाउने नेता मानिन्छन् । मिडियामा कमै आउन रुचाउने उनी घरमै बस्दा पनि त्यति बोल्दैनन् । वैद्यका बानी र स्वभावबारे उनकी पत्नी सुष्मालाई पत्रकार खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् ।
१. कति बजे उठ्नुहुन्छ ?
साढे चार–पाँच बजेतिर उठ्नुहुन्छ ।
२. उठ्नेबित्तिकै चियारकफी के खान रुचाउनुहुन्छ ?
एक गिलास पानी खानुहुन्छ, चियारकफी त्यसपछि हो । पछिल्लो समय उहाँको पेट पनि बिग्रिएको थियो । एरोबेराको भित्री भाग पिसेर खान दिएँ । ज्यान पनि ‘हेल्दी’ हुँदै गएको छ ।
३. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ नि । हरेक दिन आधा घन्टाजति आँगनमा एक्सरसाइज गर्नुहुन्छ ।
४. योगा गर्ने बानी छ कि छैन ?
योगा पनि गर्नुहुन्छ । बिहान एक्सरसाइज गरिसकेपछि योगा गर्नुहुन्छ । त्यसले उहाँको पुरानो रोग दममा पनि सुधार आउँदै छ ।
५. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ?
फुर्सद नै पाउनुहुन्न । कहाँबाट गर्नु ।
६. राति कतिखेर सुत्नुहुन्छ ?
साढे १०–११ बजेतिर सुत्नुहुन्छ ।
७. दिनमा चिया–कफी कति कप खानुहुन्छ ?
टुंगै हुन्न । साथीभाइ आएका बेला उहाँहरूसँग बसेर खाएको खायै गर्नुहुन्छ ।
८. सुत्नुअघि केही खाने बानी छ ?
मनतातो दूध खानुहुन्छ । बूढो मान्छे खाना कम खानुहुन्छ, दूध त टुटाउनुहुन्न ।
९. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
गर्मीको मौसममा लुंगी र कुर्ता लगाउनुहुन्छ । जाडोमा ट्राउजर लगाउनुहुन्छ ।
१०. कुन साबुनले नुहाउनुहुन्छ ?
लाइफब्वाई । शरीरमा एलर्जी भएर चिलाउन थालेपछि कहिलेकाहीँ बच्चाहरूलाई नुहाउने जोन सोन बेबी साबुनले पनि नुहाउनुहुन्छ ।
११. सेम्पु कुन प्रयोग गर्नुहुन्छ ?
क्लिनिक प्लसले नुहाउनुहुन्छ । त्यो पनि मैले कर गरेपछि सेम्पु प्रयोग गर्न थाल्नुभएको हो । साबुनले नुहाउँदा कपाल जर्रो भएजस्तो हुन्थ्यो, अनि सेम्पो लगाउन भनेकी हुँ ।
१२. डेरामा बस्नुहुन्छ, पानीको समस्या कति झेल्नुभएको छ ?
पानीको समस्या त सबैको साझा समस्या हो नि । हामीले पनि धेरै झेल्यौँ, अहिले पनि समस्या हुन्छ कहिलेकाहीँ ।
१३. पानी नभएर कहिलेकाहीँ उहाँले नुहाउन नपाएका घटना छन् ?
जत्ति पनि छन् नि । हिजो मात्रै ९बुधबार० धाराको पानी नआएपछि मोटरको पानीले नुहाउनुभयो । तर, गनाएपछि एक जार पानीले टाउको नुहाउनुभयो ।
१४. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पढ्न त कुरै छाड्नुस्, पढन, लेख्नबाट त उहाँलाई फुर्सद नै हुँदैन ।
१५. टेलिभिजनमा समाचार कति हेर्नुहुन्छ ?
हेर्नुहुन्छ, फुर्सद हुँदा ।
१६. पत्रपत्रिकामा आफ्नैबारेमा छापिएका समाचार पढेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
खासै जनाउनुहुन्न । ‘जति बुझेका छन्, त्यति नै लेख्ने हुन्, मान्छेहरू कुरै बुझ्न सक्दैनन् भन्नुहुन्छ ।
१७. लामो नाक बनाइएका उहाँका कार्टुन पत्रिकामा छापिएका हुन्छन्, ती हेर्दा नि ?
कहिले हाँस्नुहुन्छ । ‘यिनीहरूले कति जानेका छन् है भन्नुहुन्छ ।
१८. बिहानको खाजामा के लिनुहुन्छ ?
एक गिलास दूध, एक चम्चा मह र जौको सातु खानुहुन्छ ।
१९. खानामा के मन पराउनुहुन्छ ?
दाल, भात, तरकारी, अचार, गुन्द्रुक मन पराउनुहुन्छ ।
२०. माछामासु नि ?
माछा कहिलेकाहीँ खान मन गर्नुहुन्छ । मासुमा खासै रुचि देखाउनुहुन्न ।
२१. दिउँसो खाजामा के खानुहुन्छ ?
चिया, पप खानुहुन्छ । चटपटे पनि रुचाउनुहुन्छ दिउँसोमा ।
२२. चटपटे खान त तपाईंले सिकाउनुभएको होला हैन ?
होइन । पहिले भारत बस्दादेखि नै खानुहुन्थ्यो । बसरट्रेनमा हिँड्दा मुख सुक्खा भएको हुन्छ नि, अमिलो राखेको चटपटे खाएपछि रसाउँथ्यो । अनि, अचेल घरमै बनाउँछौँ । प्याज काटेर राखेको, अमिलो निचोरेर बनाएको चटपटे निकै मन पराउनुहुन्छ ।
२३. रातिको खानामा के रुचाउनुहुन्छ ?
रोटी, तरकारी र दूध खानुहुन्छ ।
२४. खानामा कमेन्ट गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्न त्यस्तो त । बरु बनाउनुभन्दा पहिला नै ‘यस्तो बनाऊ भनेर भन्नुहुन्छ । बनाइसकेपछि त केही भन्नुहुन्न ।
२५. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
श्रीमती हुँ, मैले पकाएको मन पराउनुहुन्छ नि ।
२६. किचेनमा कहिले पस्नुहुन्छ कि पस्नुहुन्न ?
रहर त गर्नुहुन्छ, तर फुर्सदै हुँदैन अचेल ।
२७. खाना पकाउन आउँछ उहाँलाई ?
आउँछ नि । पहिला–पहिला धेरै पकाउनुहुन्थ्यो ।
२८. के–के पकाउन आउँछ ?
आलु–तामा, दाल–भात, तरकारी–मासु, राइतो, गुन्द्रुक पकाउनुहुन्छ । पकाउन त असाध्यै मन पराउनुहुन्छ ।
२९. फिल्म हेर्न रुचाउनुहुन्छ कि रुचाउनुहुन्न ? फिल्म हेर्न त्यस्तो रुचि देखाउनुहुन्न ।
३०. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
हेर्नुहुन्न सिरियल त ।
३१. गीत–संगीततप्रति कत्तिको रुचि छ ?
त्यसमा त रुचि छ । गीत सुन्नुहुन्छ ।
३२. कस्ता गीत सुन्नुहुन्छ ?
लोकगीत सुन्नुहुन्छ । बुधबार राति १० बजेपछि ‘अब लोकदोहोरी गीत आउँछ सुष्मा, रेडियो बन्द नगर्नु है भन्नुहुन्छ । एकदम रमाउनुहुन्छ गीत सुनेर ।
३३. कहिलेकाहीँ रेस्टुरेन्टमा गएर खाना–खाजा खाने गर्नुहुन्छ कि गर्नुहुन्न ?
रेस्टुरेन्टमा गएर खाने रहर नै छैन ।
३४. कहिलेकाहीँ त बाहिर खाना खान लगे हुन्थ्यो भन्ने लाग्दैन तपाईंलाई ? गुनासो गर्नुहुन्न कहिले ?
लाग्दैन त्यस्तो । मलाई पनि बाहिर खाना–खाजा खाने रहर छैन । ग्यास्ट्रिक पनि छ, चिल्लो–पिरो खानुहुन्न ।
३५. भनेपछि अहिलेसम्म दुईजना सँगै रेस्टुरेन्ट गएर खानुभएको छैन ?
छैन । बाटो हिँड्दा, दाङ, चितवन जाँदा बाटोमा खाइयो । तर, घरमा भएका बेला ‘आज बाहिर नै खानुपर्छ भनेर अहिलेसम्म गएका छैनौँ ।
३६. परिवारलाई कति समय दिनुहुन्छ ?
उहाँलाई फुर्सद हुँदैन, हामीले बुझेका छौँ । फुर्सद हुँदा त समय दिइहाल्नुहुन्छ ।
३७. परिवारसँग बसेका बेला राजनीतिक गफ कति हुन्छन् ?
हुन्छन् नि । नेताको घरमा राजनीतिक गफ त भइहाल्छ नि ।
३८. समग्र राजनीतिको हुन्छ कि आफ्नो पार्टीको मात्रै ? प्रायस् आफ्नो पार्टीकै गफ हुन्छन् ।
३९. तपार्इंहरूले दिएका राजनीतिक सुझाब कत्तिको मान्नुहुन्छ ?
राम्रा छन् भने मान्नुहुन्छ । नत्र मान्नुहुन्न । नचाहिने सुझाब म दिँदा पनि दिन्नँ ।
४०. विदेश जाँदा तपार्इंलाई सँगै लैजान कति रुचाउनुहुन्छ ?
रुचाउनुहुन्छ । चाइना जाँदा सँगै लिएर जानुभएको थियो । भारत त अब वल्लो घरबाट पल्लो घर गएजस्तो भयो, त्यहाँ पनि सँगै थियौँ ।
४१. विदेश जाँदा रमाइलो गर्न, घुम्न कति मन पराउनुहुन्छ ?
मन पराउनुहुन्छ । रमाइलो गर्नुहुन्छ । त्यहाँको विकास, समृद्धि देखेर ‘हाम्रो देश पनि यत्तिको त बनाउन सकिहालिन्छ नि, हैन सुष्मा भन्नुहुन्छ ।
४२. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
ठिकठिकै हुनुहुन्छ ।
४३. के लगाउन रुचाउनुहुन्छ ?
सर्टपाइन्ट नै मन पराउनुहुन्छ ।
४४. ‘यस्तो लुगा राम्रो देखिन्छ, यस्तो लगाउनुस् भनेर तपाईंले सुझाब कति दिनुहुन्छ ?
त्यस्तो त भनिहालिन्छ नि आफ्नो मान्छेलाई । बेलाबेलामा भन्ने गर्छु ।
४५. उहाँलाई कस्तो लुगा एकदम राम्रो देखिन्छजस्तो लाग्छ तपार्इंलाई ?
सुटमा राम्रो देखिनुहुन्छ ।
४६. लुगामा आइरन आफैँ गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
हामीले नै गरिदिन्छौँ आइरन । उहाँले आइरन गरेको मैले आजसम्म देखेको छैन । गरेपछि जान्नुहुन्थ्यो होला, हामीले नै गर्न दिन्नौँ ।
४७. आफ्ना लागि लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छ ?
पहिला–पहिला त किन्न जानुहुन्थ्यो । अब त्यत्रो नेता आफैँ बजार जानु पनि भएन, कहिले मैले, कहिले छोरीहरूले किनिदिन्छन् ।
४८. उहाँले कहिल्यै कालो चस्मा लगाउनुभएको छ कि छैन ?
छैन । कालो चस्मा त कहिल्यै लगाउनुभएन ।
४९. घरखर्च कसरी चल्छ ?
चलेकै छ । पार्टीले पनि दिन्छ खर्च ।
नयाँ पत्रिकाकाबाट






