कठै ! कसरी कयाे यी वालबालिकाकाे ज्यान ?

kailali1काठमाण्डाै १६ असाेज । कैलालीको दोदोधरा ७ कट्टीपुरमा घरलिपोतका लागि माटो लिन गएका शुक्रबार साझ ६ जना बालबालिकाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा दोदोधरा ७ कट्टीपुरका ६ बर्षीया नम्रता न्यौपाने, १० बर्षीया सिता प्याकुरेल, ७ बर्षीय शुसान्त सुनार, ६ बर्षीया दिपका प्याकुरेल, ९ बर्षिया मैना सुनार र ७ बर्षिय किरन सुनार रहेका छन् । घाईते हुनेमा ३५ बर्षिया जमुना खतीवडा र ३० बर्षीया रत्ना खतीवडा रहेका छन् ।

उनीहरु दसौका लागि घर लिपपोत गर्नका लागि उनीहरु साझ ५ बजे तिर घर छेउकै राजकुला सामुदायिक बन उपभोक्ता समुहको बनमा माटो निकाल्न गएका थिए । स्थानीय प्रहरीले जेसिबी लगाएर पुरिएका वालबालीकालाई निकालिएको थियो ।

घटनास्थलमा मृतकको तत्काल प्रहरी र स्थानीयबासीले उद्धार गरिएको थियो । घाईते हुनेमा जमुना र रत्नालाई थप उपचारका लागि बाकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।