काठमाडौं– सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबारदेखि नै सुरु हुँदैछ ।
सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आईजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो ।






