मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार

नेपालगन्ज, १६ मंसिर । बाँके जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाका रुपैडियामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले लखेटेको छ ।

भारतबाट आएको एक मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो । त्यसपछि प्रहरीले ढुंगा हानेर प्रदर्शनकारी खेदेको हो । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।