मधेसी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता स्थगित

bartaकाठमाडौं- मधेसी दलहरुका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न बुधबारका लागि तय भएको त्रिपक्षीय वार्ता स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाको वार्ता आह्वान गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे सुरु हुने भनिएको वार्ता स्थगित भएको हो ।

बिहीबार बिहान प्रमुख तीन दलको बैठकपछि वार्ताका लागि अर्को मिति तय हुने प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् जानकारी गराएका छन् ।