चेतन अधिकारी प्रधानमन्त्रीको प्रेस संयोजक नियुक्त

Chetanकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार चेतन अधिकारीलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् ।

झापाका पत्रकार अधिकारीलाई प्रधानमन्त्रीको कार्यालयले संयोजकमा नियुक्त गरेको हो । अधिकारी कान्तिपुर मिडिया ग्रुपमा आबद्ध थिए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा यसअघि नै पत्रकार प्रमोद दाहाल नियुक्त भइसकेका छन् ।

अधिकारीले जनसंख्या तथा आमञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।