काठमाडौं १६ असाेज । नेपाल सरकारले भारतीय च्यानलहरू सुचारू गर्न आदेश दिएपछि केबल संचालकहरुले बन्द च्यानल सुचारू गरेका छन्। सरकारको अादेश पालना गर्दै नेपाल केबल टेलिभिजन महासंघ र नेपाल केबल टिभी व्यवसायी महासंघले शुक्रबार साँझदेखि भारतीय च्यानल प्रशारण सुचारू गरेका हुन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय च्यानल रोक्न दबाब दिएका थिए। नेपाली जनमत पनि बन्द गर्ने पक्षमा उर्लेको देखेपछि केबल संञ्चालकहरुले भारतीय च्यानलहरू बन्द गरेका थिए। गत सोमबारबाट लागू हुनेगरि नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन रोक्ने केबल संचालकहरूले निर्णय गरेका थिए।
‘नेपाल सरकारले बन्द गरिएको भारतीय च्यानलहरू सुचारू गर्न आदेश दिएपछि सम्पूर्ण केबल संचालकहरुले भारतीय च्यानलहरू सुचारू गरेका छौं,’नेपाल केबल टिभी व्यवसायी महासंघका सुधीर पराजुलीले नागरिकन्युजसँग भने ।






