बलात्कार पछि हत्या गरेका इमरानलाई फाँसीमा झुन्ड्याइयो

लाहोर। पाकिस्तानमा एक बालिकाको बलात्कार पछि हत्या गरिएको घटनामा दोषीलाई मृत्युदण्ड दिइएको छ। अन्य बलात्कारका मुद्दामा समेत दोषी पाइए पछि उनलाई आज बिहानै मृत्युदण्ड दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पाकिस्तानको लाहौरस्थित लखपत जेलमा स्थानीय समय अनुसार साढे ५ बजे बालिकाको बलात्कार पछि हत्या गरेको अभियोग लागेका इमरान अलीलाई  फाँसी दिइएको हो।

इमरान अलीलाई जैनव अन्सारीका आमाबाबुको अगाडि फाँसीमा झुन्ड्याइएको हो।फाँसीमा झुन्ड्याउनुभन्दा पहिले अलीलाई ४५ मिनेट उनका परिवार सँग कुराकानि गर्न दिइएको थियो।

मङ्गलबार मात्र पाकिस्तानको एउटा अदालतले दोषीलाई सार्वजनिक रूपमा मृत्यु दण्डको फैसला सुनाएको थियो। गत जनवरीमा प्रहरीले इमरानलाई पक्राउ गरेको थियो।

गिरफ्तारमा पर्नु अघि दुई हप्ता पहिले उनले बालिकाको बलात्कार गरि हत्या गरेका थिए। बालिकाको शव लाहोर स्थित घर देखि करिब ५० मिटर पर कसुरमा फेला परे थियो।

बालिकाको बलात्कार र हत्या भएको घटना पछि पाकिस्तानभर  विरोध प्रदर्शन भएको थियो। ७ वर्षीया बालिका जैनव अन्सारीको दोषीलाई कडा सजायको माग गर्दै प्रर्दशन भएको थियो । बालिकाको न्यायको पक्षमा भएको आन्दोलन हिंस्रक बन्दा २ जनाको मृत्यु समेत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *