काठमाडौ – नेपाल बार एशोसिएशनको सदस्यबाट दुई नम्बर प्रदेशका अधिवक्ताहरुले राजीनामा दिएका छन् ।
आज एशोसिएशनको कार्यालय पुगेका उनीहरुले राजिनामा बुझाएका हुन् । न्यायपरिषद्ले गरेको न्यायधिशको नियुक्ति गैरसवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा उनीहरुले राजिनामा दिएको अधिवक्ता मनोहर साहले जानकारी गराए ।
परिषद्ले हालै ८० जनाको नियुक्ति गरेको छ । त्यो नियुक्ति समावेशी तथा समानुपातिक नभएको भन्दै मधेशवादी दललगायत कानुन व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।
न्यायधिश नियुक्ति असमावेशी भएपनि त्यसमा बारले कुनै चासो नदेखाएको कारण त्यसको सदस्य बनिरहनुको कुनै औचित्य नरहेको भन्दै आफूहरुले राजिनामा दिएको अधिवक्ता साहले बताए ।
उनका अनुसार डेढसय भन्दा बढी न्यायधिश दुई नम्बर प्रदेश (मधेश प्रदेश) का छन् ।






