जोगवनी नाकाबाट ३१ ट्यांकर पेट्रोलियम आयो

विराटनगर : भारतीय पक्षले लामो समय पछाडि विराटनगरको जोगवनी नाका हुँदै इन्धन पठाउन थालेको छ । भारतीय पक्षले निर्यातलाई खुकुलो बनाउँदा मंगलबार विहानैबाट यो नाका हुँदै धमाधम इन्धन भित्रिइरहेको छ ।

भारतीय पक्षले डिजेल बोकेका ट्यांकरहरु बढी मात्रमा पठाइरहेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार विहान ११ः४५ बजे सम्ममा इन्धन बोकेका ३० वटा गाडी नेपाल प्रवेश गरिसकेका छन् ।

जसमा २२ वटा डिजेल र सातवटा पेट्रोल बोकेका ट्यांकर छन् भने एउटा ग्यास बुलेट छ । इन्धन बाहेक अन्य सामग्री बोकेका ५० वटा मालबहाक सवारी साधन भित्रिइसकेका छन् ।