मिस युनिभर्स नेपाल २०२२ को प्रतिष्प्रधामा आश्मा केसी

सिड्नी । मिस युनिभर्स नेपाल २०२२ को प्रतियोगीतामा आश्मा केसी प्रतिष्प्रधा गर्दैछिन् । अष्ट्रेलियामा बस्ने उनी अहिले सेमिफाईनलबाट छानिएपछि टप २० मा पुगेपछि नेपाल फर्किएकी छिन् ।

डिसबिलीटी अर्गनाईजेशनमा काम गर्दै आईरहेकी केसी अहिले मिस युनिभर्सको क्याम्पियन सगैं विभिन्न प्रतिष्प्रधात्मक चरणहरुमा सहभागी भईरहेकी छिन् । नेपालमा एक हप्ते क्लोजक्याम्प समेत सुरु भएको छ ।

काठमाडौंमा अगष्ट २६ मा मिस युनिभर्सको फाइनल हुँदैछ । उक्त क्लोजक्याप सकिएपछि फाईनल सुरु हुनेछ । प्रतियोगीतामा १८ देखि २८ वर्ष उमेर समुहका सहभागी हुन्छन् । विजेताले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्सिटी २०२२ मा सहभागी हुनपाउनेछन् ।

मिस नेपाल २०२० को शीर्ष १० भित्र पर्न सफल आश्माले एथलेटिक र यामाहा फेस अफ फेसिनो २०१६ को उपाधि जित्न सफल भएकी थिईन् । हाल उनी अस्ट्रेलियाको एडिलेडमा अध्ययन गर्दैछिन् ।

नेपाल सरकारको पर्यटन तथा होटल व्यवस्थापनको शिक्षालय नाथमबाट हस्पिटालिटी एडमिनिस्ट्रेशनमा प्रथम श्रेणीको बिएचएम (आनर्स) डिग्री लिएर विश्वव्यापी स्तरमा आतिथ्यताको सम्भावनालाई थप अन्वेषण गर्न प्रेरित रहेकी छन् ।

नेपालको सामाजिक क्षेत्र र परोपकारी कार्य गर्न रुचाउने उनले विभिन्न क्षेत्रबाट त्यस्ता व्यक्तिहरुलाई सहयोग समेत गर्दै आईरहेकी छिन् । अध्ययन, मोडल सगैं विभिन्न सामाजिक सघंसंस्थामा क्रियाशिल उनी अस्ट्रेलियामा रहेका सम्भावनाहरु र यहाँ सिकेका कुरालाई नेपालमा कार्यान्वयन गर्ने उद्धेश्य रहेको बताउँछिन् । नेपाल सरकारसगं सहकार्य गरेर नेपालको सामाजिक कार्यमा लाग्ने उनको ध्येय रहेको छ ।

उनले विशेष आवश्यकता भएका व्यक्तिहरूका सामाजिक बाधाहरू हटाउन मिस युनिभर्सको प्लेटफर्म समेत प्रयोग गर्ने आफ्नो चाहना रहेको बताए । मिस युनिभर्स नेपाल जितेर मिस युनिभर्सको अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल भएमा नेपाललाई विश्वस्तरसम्म चिनाउने र ग्रामीण क्षेत्रमा रहेका नागरिकहरुको जनजिविका र उनीहरुलाई विभिन्न कार्यहरुमा प्रोत्साहित गर्ने कार्यमा अग्रसर हुने सोँच रहेको बताईन् ।

मिस युनिभर्समा बिजेता भएपनि नभएपनि अब आफु अध्ययन पुरा गरेर नेपालमै फर्किने र आफुले अहिले डिसबिलीटी अर्गनाईजेशनमा सिकेका विषयहरुलाई व्यवहारत लागु गर्दै मानसिक समस्यामा रहेका मानिसहरुको लागि काम गर्ने योजना रहेको बताउँछिन् । उनीहरुलाई योजना दिने र व्यवहारिक पक्षसगं लड्न सिकाउने उनको योजना छ ।