सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उपाध्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित नाम हुन । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सिप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।
अष्ट्रेलियामा सामाजिक कार्यकर्ताका रुपमा परिचित अधिकारीले भविष्यमा प्रष्ट कार्ययोजना सहित निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए ।
अघिल्लोपटक आफ्नै प्यानलले धोखा दिएर उपाध्यक्षमा पराजित अधिकारिले यसपटक भने तेस्तो गल्ति हुन नदिने बताए । संघको महाधिवेशन यही अक्टोबर २३ देखि २५ तारिख हुदैछ । संघको नेतृत्वको लागि अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।






