बुटवलस्थित एक होटलमा बास बसेका महिला र पुरूष मृत फेला

रुपन्देही । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका महिला र पुरूष मृत फेला परेका छन् ।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका हुन् ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।