बेलायत आईपुगे प्रवासी नेपाली मंचको अधिवेशन उद्घाटन गर्न नेता भट्टराई-अध्यक्षमा पाँच जनाको दावी

लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको सातौ अधिवेशनको उद्घाटन गर्न प्रवास इन्चार्ज राजन भट्टराई बेलायत उत्रिएका छन् । आगामी सेप्टेम्बर ४ तारिख आइतबार अल्डरसटमा मञ्चको सातौँ अधिवेशन उद्घाटन गर्न भट्टराई शुुक्रबार साँझ बेलायत उत्रिएका हुन् ।

उनी सँगै ओएनएफ अमेरिकाका नेता संजय थापा पनि अधिवेशनका लागि विशेष अतिथिका रुपमा बेलायत आएका छन । अधिवेशनका प्रमुख अतिथिका रुपमा रहेका नेता भट्टराई र थापालाई हिथ्रो विमानस्थलमा ओएनएफ युकेका अध्यक्ष सुरेन्द्र थपलिया, पुर्वअध्यक्षहरु अलकल जंग लामा, दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङलगायतले स्वागत गरेका थिए ।

शुक्रबार नै हिथ्रो एयरपोर्ट पुग्नेमा प्रवासी नेपाली मंच युकेका पदाधिकारीहरु तुंगभद्र भुसाल, सरस्वती केसी, डा मुकुन्द बास्तोला, बालकृष्ण भुसाल, भीमलाल भट्टराई, पुण्य रेग्मी, सुर्जे गुरुङ, तिलक भट्टराई, श्याम लुईटेललगायत छन् ।
सातौ अधिवेशनले संगठनलाई दुई वर्ष नेतृत्व प्रदान गर्ने टीम निर्वाचित गर्नेछ।
नेकपा एमालेका विदेश विभाग प्रमुख भट्टराई अधिवेशन सकिए लगत्तै सामबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।अधिवेशनमा करीव तीन सय सदस्यहरु प्रतिनिधिका रुपमा सहभागी रहने प्रचार विभाग उपसंयोजक डा.मुकुन्द बास्तोलाले जनाए ।

मञ्चको नयाँ नेतृत्वका अध्यक्षमा पाँच जनाको दावी


भोलि सेप्टेम्बर ४ आइतबार हुन लागेको अधिवेशन मार्फत नेतृत्वमा आउन पाँच जना प्रतिस्पर्धामा उत्रेका छन ।
प्रतिस्पर्धामा वर्तमान अध्यक्ष सुरेन्द्र थपलिया, वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुसाल, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, नेता रविन्द्र कंडेल, र उपमहासचिव डा. मुकुन्द बास्तोला बिच प्रारम्भिक प्रतिस्पर्धा हुने देखिएको हो ।

डायस्पोरा नेपाल