लण्डन । सप्तरीका बाढी पीडितको सहयोगका लागि बेलायतमा बस्ने नेपालीहरुको च्यारिटी संस्था नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी यूके)ले सहयोग संकलन सुरु गरेको हो । केहि समय देखी लगातार भारी वर्षातका कारण आएको वाडिले सप्तरी जील्लाका केहि गाउहरू डुवानमा परि त्यहाको जन जीवन प्रभावित भई अत्यन्त कष्टकर भएको, जन धनको क्षति भएको , खाने कुरा ,लगाउने लत्ताकपडा देखि बस्ने घर सम्म वाडीले वगाए पछि स्थानिय वासिन्दाहरू विपतमा परेका छन भन्ने कुरा विभिन्न संचार माध्यमबाट जानकारीमा आएपछि पिडीतहरूको सहयोगको लागि एनबीसी यूकेले भाइबर ग्रुपमार्फत सहयोगको अपिल गरेको छ ।
अभियानलाई १५ जुलाई सम्म मात्र संचालन गरिने गरिने सस्थाका अध्यक्ष मिलन घिमिरेले बताउदै सहयोग गर्न ईच्छुक महानुभावहरूले सो समय पहिले नै एनबीसी यूके बैक खातामा सहयोग रकम जम्मा गर्नुहुन बेलायत वासी नेपाली जनसमुदायमा हार्दिक अपिल पनि गरेको छ।A/C NBC U.K. A/C:81441701 Sort code: 40-42:28 Bank – HSBC !अभियानमा अहिलेसम्म २ लाख रुपैयाँ संकलन भएको छ ।
भूकम्प, आगलागी पीडितको उद्दार तथा नेपाली भाषा, कला, संस्कृतिका क्षेत्रमा काम गर्दै आएको एनबीसी यूकेले जुलाई २२ शनिवार(कोच रिजर्भ) गरि मनोरञ्जनात्मक कार्यक्रम बृहत सि- साईड तथा २३ गते ‘गेट फिट, हयाभ फन, सेभ लाइभ्स’ भन्ने नाराका साथ ग्रीनफोर्डको पेरिभेल एथलेटिक ट्रयाकमा हेल्पिंग यू संस्थाको सहकार्यमा एथलेटिक्स कार्यक्रम आयोजना गरेको छ ।
यसै बीच यस अघि पनि नेपलीज व्रिटीश कम्यूनिटीले लक्ष्मी प्रतिष्ठानलाई सहयोग गरि रू नौ लाख तेहिस हजारमा दुई तले छात्रावास चितवनको कान्दामा निर्माण गरेको छ। यसरी बिभिन्न क्षेत्रमा निश्वार्थ भावनाका साथ सहयोगी काम गर्ने सस्था बेलायतम़ा एनबीसी यूके लाइ लिन सकिन्छ।






