आइएसका दोस्रो प्रमुख नेता मारिए (भिडियो सहित)

इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटका दोस्रो प्रमुख नेता मारिएका छन् ।

उत्तरी इराकमा गरिएको अमेरिकी आक्रमणमा दोस्रो नेता फाजिल अहमद अल ह्याली मारिएको अमेरिकाले दावी गरेको हो ।

ह्वाइटहाउसका अनुसार हाजी मुताजको नामले चिनिने ह्याली आईएसका दोस्रा नम्बरका नेता हुन् । यसै हप्ता मोसुलमा गरिएको एक हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरुको दावी छ ।