सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।
क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।






