चार्ल्टन समाज यूकेको तीजमा छमछमी नाचे दिदीबहिनी (भिडियो सहित)

लन्डन-हिन्दू नारीहरुको पर्व तीज लन्डनको चार्ल्टनमा पनि एक विशेष कार्यक्रमसहित मनाइएको छ ।

चार्ल्टन नेपाली समाज युके तीज कार्यक्रम सेप्टम्बर १ तारिक आईतबार  चार्ल्टन मेरिडियन स्पोर्ट्स क्ल्वबको हलमा भब्य रुपमा भएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथी ग्रीनवीच बरोका मेयर जीत रानाभाट र मुख्य अतिथी पशुपतिनाथ मन्दिरका प्रमुख संरक्षक पण्डित निलहरि घिमिरे,समाजकी अध्यक्ष सिता अर्यालले संयुक्त रुपमा एक समारोहका बीच पानसमा बत्ती बालेर उद्घघाटन गर्नु भयो ।

सो कार्यक्रममा स्वागत मन्तव्य समाजका सचिव सुनिता कंडेल ले गर्नु भएको थियो भने समाजका संस्थापक अध्यक्ष सुरज केसीले सुभकामना सन्देश दिनु भएको थियो ।

नेपालीहरु को बाक्लो बस्ति रहेको चार्ल्टन मा तीज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट आएका कलाकार द्दय दीपक घर्ति मगर र कुमारी चेपांग ले बिभिन्न गीतहरु गाएर मनोरन्जन दिलाएका थिए भने कार्यक्रममा डीजे हेम बिष्टले गरेका थिए ।

कार्यक्रमको सन्चालन समाजका महासचिब बसन्त खनालले गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष सिता अर्यालले गरेकी थिईन् । सो कार्यक्रको स्वादिष्ट खाना माउन्टेन भ्यु का सन्चालक डासुराम पाण्डले उपलव्ध गराएका थिए ।
कार्यक्रमको लाइभ प्रसारण लण्डन नेपाल न्युजबाट स्ंस्थाका निबर्तमान कार्यबाहक ॲध्यक्ष प्रकाश कंडेल गरेका थिए ।