सिड्नी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा डिग्नीटी फोरम अस्ट्रेलियाले आयोजना गरेको डिग्नीटि तीज मिट एण्ड ग्रीट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । फोरमले १ सेप्टेम्बर थर्ड आई रुफटप रेष्टुरेण्ट एण्ड फंक्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा तीज गीत सांस्कृतिक नृत्य संगै अन्य रमाईला कार्यक्रमहरु सम्पन्न भएका छन् ।

अध्यक्ष मोम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष उपाध्यक्ष सिता रसाईलीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन अञ्जुला सुनार र अनिल विश्वकर्माले गरेका थिए ।

स्वागत मन्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष सिता रसाईलीले संस्थाले गरेका कामहरुबारे जानकारी दिईन् । उनले हालसम्म संस्था मार्फत भएका गतिबिधिहरुका बारेमा स्पष्ट पार्दैसम्पुर्ण सहयोग दाता लाई धन्यवाद समेत दिइन । बेलुका ६-१० बजेसम्म चलेको कार्यक्रममा बोल्दै न्यू साउथ वेल्स राज्यका मल्टिकल्चरल अफिसरशबनम ताभकोलले न्यू साउथ वेल्स राज्यका मल्टिकल्चरलले विभिन्न सामुदायिक संगठन आफ्नो संस्कृति जोगाउनका लागि विभिन्नक्षेत्र अनुदानदिने योजन रहेको हुँदा त्यस्को उपयोग गर्न सल्लाह दिइन। उनले पहिलो पटक तीजको कार्यक्रममा सहभागी भएको र निकै खुसी लागेको वताइन ।

कार्यक्रममा कलाकारहरु सुदिप विश्वकर्मा, पदम विश्वकर्मा, लोक गायक राजेन्द्र कंडेल, मनिषा नेपाली, ज्योति विश्वकर्मा, सिमोल श्रीपाईली, सूरज पौडेल, राजेन्द्र कन्डेल , गायक सागर रिजाल र र्याप गायक दिपलभ बिश्वकर्मा लगायतले आआफ्नो गायन तथा नृत्यसम्बन्धी प्रस्तुती दिएका थिए । तीज पर्वलाई उल्लासमय रुपमा सम्पन्न गर्न र नेपालकै अनुभूति हुने गरी कार्यक्रम आयोजना गरिएको र सोँचे अनुसार सम्पन्न भएको डिग्नीटी फोरमले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न ईभेन्ट कोअनिर्डनेर गोपाल रसाईली, रमेश परियार, समिर साहु, राजकुमार रसाईली लगायतले विशेष सक्रियता देखाएका थिए । संस्थाले नेपाली समुदायका व्यक्तिहरुलाई सवारी चालक अनुमति पत्र प्रदान गर्नका लागि सहजीकरण गर्दै आईरहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि महासचिव रिस्ता शंकर, जनसम्पर्क अधिकृत गोपाल रसाईली, र कोषाध्यक्ष ह्याण्ड्सन विश्वकर्मा लगायत को सहभागीता रहेकोथियो ।सन् २०२० मा डिग्नीटी फोरमको स्थापना भएको थियो । 







