काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् । पार्टीको तीन नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् ।
दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख गरेनन्।
भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकप्रिय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।







