प्राधिकरणबाट विदा माग्दै कुलमानले भने,- ‘नेपालीहरु मेरा प्रेरणाको श्रोत’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रमुखको रुपमा नियुक्त भएका कुलमान घिसिङले आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर विदा भएका छन् । उनलाइ नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक आक्रान्त थियो । वर्षातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।

यसै अवस्थामा जिम्मेवारी सम्हालेका उनले तीन महिनामै लोडसेडिङ्ग हटाइदिए । आजकल उनलाइ नेपालीहरुले बत्तीका पिता नै मान्छन् । घाटाको चरम सीमामा पुगेको प्राधिकरणलाइ उनले नाफामा समेत पुर्याए ।
उनलाइ आज प्राधिकरणको कार्यालयमा विदाइ कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै उनले नेपालीहरुले दिएको साथले आफुलाइ सधै प्रेरणा प्रदान गर्ने बताए । घिसिङले आफूमाथि विभिन्न आरोप लगाइए पनि त्यसमा सत्यता नभएको बताए ।

आफुले कार्यभार सम्हाल्नेन समयमा घाटामा रहेको प्राधिकरण नाफामा आउँछ भनेर कसैले नसोचेको उनले बताए ।
‘प्राधिकरण नाफामा आउला भनेर कसैले सोचेको थिएन। पहिलो वर्ष नै नाफामा प्राधिकरण गएपछि ममाथि डाटा म्यानुपुलेसन ग¥यो भन्ने पनि आरोप लागेको थियो,’ उनले भने, ‘तर लगातार नाफाको ग्राफ बढेपछि यो त सत्य नै रहेछ भन्ने कोणबाट कुरा आउन थाल्यो। यो हाम्रो ठूलो सफलता हो। यस काममा सबैले क्रेडिट लिनुपर्छ। सबैको यसमा सहयोग छ।