उत्तरी फ्रान्सको एक रेलभित्र गोली हानी तीन जनालाई घाइते बनाइएको छ । २६ वर्षिय मोरक्को मूलका आक्रमणकारीलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।
ट्रेनमा यात्रारत दुई अमेरिकीले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । जसमध्ये एक जना घाइते भएका छन् ।
आक्रमणकारीलाई नियन्त्रणमा लिने ब्यक्ति अमेरिकी मरिन रहेको बताइएको छ । तीब्र गतिको थैलिज रेल सेवामा आक्रमण गर्ने आक्रमणकारीलाई एरेज स्टेशनबाट नियन्त्रणमा लिइएको हो ।
घटनामा एक ब्रिटिश नागरिक पनि घाइते भएका छन् । उक्त रेलमा ५ सय ५४ जना यात्री यात्रारत थिए । (एजेन्सी)







