लन्डन । बेलायती खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी छन् ।
गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् ।
हालेप विरुद्धको खेल कोन्टाले ६–७, ७–६ र ६–४ को सेटमा जितिन् । जितसँगै कोन्टा पछिल्लो ३९ वर्षयता विम्बल्डन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो बेलायती महिला भएकी छन् ।
कोन्टाले अब सेमिफाइनलमा अमेरिकी खेलाडी भेनस विलियम्सको सामना गर्नेछिन् ।
क्वाटरफाइनलमा लात्भियाकी एलिना ओस्तापेन्कोलाई ६–३ र ७–५ को सोझो सेटमा हराउँदै भेनस सेमिफाइनलमा पुगेकी हुन् ।






