झापाको बिर्तामोडमा बुधबार साँझ सम्पन्न ‘मिस टुरिज्म’को फाइनल प्रतिष्पर्धाबाट धरानकी चन्द्रिका मोतेले उपाधी जितेकी छिन् । पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिताको ताज चन्द्रिकाले पहिरिँदा फस्ट रनरअप प्रियंका गुरुङ र सेकेन्ड रनरअप निता श्रेष्ठ बने ।

त्यसै प्रतियोगिता अन्तर्गतका अन्य विधाहरुमा मिस ट्यालेन्ट बन्दना मेचे बनिन् भने मिस फोटो जेनिक व्युटीको उपाधी रञ्जीता प्रसाईले जितिन् । त्यस्तै मिस पर्सनालिटी सोनिया राई र वेष्टवाक अजीता साही हुँदा भ्युअर्स च्यावई सीता तिमिल्सीना, व्युटी फर टुरिजम प्रियंका गुरुङ, मिस हस्पिटालिटीको उपाधी सरस्वती संग्रौलाले जितिन् ।
धरानको सहारा इन्टरटेन्मेन्ट र झापा जिल्ला ट्राभल एसोसिएसनको आयोजनामा भएको प्रतियोगीतको विजेताले नगद ६० हजार, फस्टरनरअपले ३० हजार र सेकेन्डरनरअपले २० हजारसहित ताज जितेका छन् ।






