नायिका प्रियंका कार्की बर्ष २०७१ भरी व्यस्त बनिन् । दर्जन बराबर चलचित्रमा उनले यो बर्ष अभिनय गरिन् भने उनका आधा दर्जन बराबर चलचित्र रिलिज भईसके । र अझै बर्षान्तमा समेत उनी अभिनित अन्य दुई चलचित्र रिलजिको तयारीमा छन् । तर दुर्भाग्य यो बर्ष अहिलेसम्म रिलजि भएका उनका कुनै पनि चलचित्र बिजनेसमा सफल छैन्न।
पछिल्ला पाँच चलचित्रले व्यवसायिक सफलता हात पार्न नसक्दै गर्दा यो शुक्रवारबाट उनको अर्को चलचित्र ‘षडङ्ग’ रिलिजको तयारीमा छ । प्रचार प्रसार खासै नभएको यो चलचित्रले पनि हलसम्म दर्शक तान्न फलामको चिउरा चपाए सरह हुने बिश्लेषण चलिरहेको छ । आफ्नो अभिनय रहेको हरेक चलचित्र चल्दा नचल्दा त्यसको प्रत्यक्ष प्रभाव पक्का कलाकारमा पनि जान्छ । यदी यो चलचित्र चलेन् भने प्रियंका अभिनित लगातार असफल चलचित्रको संख्या ६ पुग्नेछ ।
यहाँ कुरा चलचित्र नचलनु भन्दा पनि नायिका चल्नुमा छ । किनकी जति चलचित्र नचलेपनि निर्माता निर्देशकहरु नयाँ चलचित्र निर्माण गर्नु पुर्व प्रियंकाको दैलोमा पुग्ने जस्तै बनेको छ । किनकी लगातार असफल चलचित्रमा अभिनय गरेकी प्रियंका नै यो बर्षकी सर्वाधिक व्यस्त नायिका हुन् । उनले एक सिने पत्रिकाको तर्फबाट त बर्ष व्याक्तीको सम्मान समेत हात पारेकी छिन् ।

एउटा चलचित्र नचल्नुले कलाकारलाई कति प्रभाव पार्छ त्यो सोध्न प्रियंकासम्म पुग्न पर्दैन् । चलचित्र बुझ्ने मात्र होईन, सफलता र असफलताको बारेमा ज्ञात राख्ने जसले पनि यसमा ध्येय पुर्याउन सक्छ । तर आश्चर्य भनेको प्रायः जसो चलचित्रको लागी प्रियंका नै रोजिनुमा हो । अर्को तर्फ यो कुराले चलचित्र चल्नु नचल्नु भन्दा पनि कलाकारले राम्रो काम गर्यो र आफ्नो जिम्मेवारी राम्रो गरी निभायो भने बिजनेसले प्रभाव पार्दैन भन्ने कुरा पनि देखाएको छ । त्यसैले पनि प्रायः चलचित्रले जस्तो समिक्षा पाए पनि अभिनयबाट प्रियंकाले सुखद समिक्षा हात पार्नु नै उनको व्यस्तताको कडी हुनसक्छ ।
यो बीचमा ‘षडङ्ग’ मात्र होईन बर्षान्तमा चैत्र २७ मा उनको अभिनय रहेको अर्क चलचित्र ‘नाई नभन्नु ल ३’ पनि रिलिजको तयारीमा छ । त्यो चलचित्रबाट उनको थप आशा हुनसक्छ । किनकी पछिल्लो बर्ष पनि यो चलचित्र कै दोश्रो सिक्वेलबाट उनलाई राम्रो रेस्पोन्स मिलेको थियो । जसको फाईदाले नै हनी अन्य चलचित्रमा जमिरहेकी छीन् । यो चलचित्र चलोस या नचलोस पछिल्ला केहि चलचित्रको कुरा गर्दा यो बर्ष प्रियंकाको नाम चलचित्र नचलेरै हिट अनि व्यस्त बनेकी नायिकाको लिस्टमा एक नंवर आएको छ ।






