‘ए मेरो हजुर २’ मा दर्शकको रोजाईमा परेको हो, सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी । फिल्मले वक्सअफिसमा पनि कमालको बिजनेस पनि गर्यो । तर यो जोडीलाई अब ए मेरो हजुर’ को तेश्रो सिक्वेलमा भने दर्शकले देख्न नपाऊने भएका छन्न । उक्त चलचित्रकी निर्मात्री तथा निर्देशक झरना थापाले सलिन र साम्राज्ञी दुबैलाई तेश्रो सिक्वेलमा नलिने निर्णय गरिसकेकी छिन् । 
ए मेरो हजुर २ रिलिजको समयमा नै झरना र साम्राज्ञीको सम्बन्ध राम्रो नभएको भन्ने गसिप बाहिर आइरहेको कुरालाई झरनाको पछिल्लो निर्णयले इट्टा थपेको छ । त्यसो त यतिबेला साम्राज्ञी र सलिनमान दुबै फरक फरक प्रोजेक्टमा व्यस्त भइरहँदा समयको संभावित पावन्दीको कारण पनि झरनाले यो निर्णय लिएको हुनसक्ने देखिन्छ । सलिनमान पनि अपकमिङ संस्करणमा नहुने पक्का हुँदा किन र के को लागी भन्ने तर्कमा झरनाले न्यूकमर खोजेको तर्क गरेकि छिन् । पुरानै अनुहार राख्दा नविनता नआउने भन्दै झरनाले ए मेरो हजुर- ३ मा नयाँ अभिनेता तथा अभिनेत्री रहने समेत बताएकी छिन् ।






