प्रियंका प्रमोदकी झुमा झुम्कावाली (भिडियो)

priyanka

गायक प्रमोद खरेलको आवाजमा रहेको ‘ओइ झुमा’ बोलको भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको भिडियोमा प्रियंका कार्की र आमिर शेख लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शितल कामद्विनीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।
भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन्। प्रशान्त तामांगको कोरियोग्राफ्री रहेको गीतमा टिना राईको मेकअप छ ।

भिडियो हेर्नुहोस: