गायिका इन्दिराको पहिलो कार्यक्रम फार्नबोरोमा

indira-joshi-dancingलण्डन । लन्डनका बिभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन गायिका इन्दिरा जोशी १ जनवरीमा लन्डन आइपुग्दै छिन् ।
इन्दिराले गोर्खा कल्चरल नाइटमा बेलायतभर १३ वटा ठाउंमा गाउने कार्यक्रम छ । उनको पहिलो कार्यक्रम आगामी २ जनवरीमा फार्नबोरो ओकफार्म कम्युनिटी हलमा हुने तय भएको छ ।
फार्नबोरोको शो सांझ ५ देखि राती ११ बजेसम्म हुने काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बुले बताइन ।
गोर्खा कल्चरल नाइट फार्नबोरोपछि ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिङ, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिङस्टोक र ३१ मा क्याट्रिकमा हुने आयोजकले जनाएका छन् ।
बेलायतमा रहेका नेपालीहरुको संस्था ‘ब्रिटिस गोर्खा नेपाली परिषद’ले नेपालका चर्चित कलाकारको उपस्थितिमा लण्डनमा भब्य समारोहका बीच ‘गोर्खा कल्चरल नाइट’ आयोजना गर्न लागेको हो ।