नेपाली जनजीवनको कथा समेटीएको चलचित्र जन्मभुमी लोकतन्त्र दीवसका अवसरमा आउँदै छ ।

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे बैशाख ११ लोकतन्त्र दीवसका अवसरमा आउँदै छ । रिलिज मितिलाई लक्षीत गर्दै जन्भुमी को निर्माण टिम प्रचारलाई ब्यापक बनाउने सोचमा छ । सोही अनुसार ‘जन्मभुमी’ को नयाँ प्रचार सामग्री सार्वजनिक गरिएको छ ।

खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको निर्देशन मोहन निरौलाले बताउँदै आएका छन् । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरीएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक निरौलाले वताए ।

निर्देशक निरौला भन्छन – मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु , हेरौ कतिको सफल हुन्छु । यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ ।

चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् ।

युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।