एनआरएनए दिवसमा अध्यक्षका प्रत्यासी कुल आचार्यद्वारा शुभकामना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज विविध कार्यक्रम गरी स्थापना दिवस मनायो । स्थापना दिवसको अवसरमा संघले स्वयम्भुदेखि पशुपतिसम्म वाकाथन आयोजना गरेको थियो ।

एनआरएनए अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त, महासचिव डा. बद्री केसीसहित पदाधिकारी तथा नवौं बिश्व सम्मेलनमा सहभागी हुन नेपाल आएका गैरआवासीय नेपालीको कार्यक्रममा सहभागिता थियो । अक्टुबर ११ लाई एनआरएनएले स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीद्वय कुल आचार्य, कुमार पन्त र महासचिव डा. बद्री केसीले स्थापना दिवसको शुभकामना दिएका थिए ।

एनआरएनए स्थापना दिवसको अवसर पारेर अध्यक्षका प्रत्यासी कुल आचार्यले भने, ‘आज एनआरएनए स्थापना दिवस (११ अक्टोबर) को अवसरमा संसारभरि रहनुभएका सबै गैरआवासीय नेपाली मित्रहरुलाई हार्दिक शुभकामना तथा बधाइ ज्ञापन गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *