एनआरएन युकेले लन्डनको भारतीय हाई कमिशन बाहिर गर्‍यो विरोध प्रदर्शन

लन्डन । एनआरएन युकेले सोमबार लन्डनस्थित भारतीय हाई कमिशन बाहिर विरोध प्रदर्शन गरेको छ। कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लग्नु पर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको हो । सो अवसरमा एनआरएन युकेकि अध्यक्ष पूनम गुरुङले ज्ञापन पत्र पढेर बुझाएकी थिइन । तर नियोगले ज्ञापनपत्र बुझ्न अस्विकार गरे पछि उक्त ज्ञापनपत्र हुलाकबाट पठाइएको छ।
अध्यक्ष पूनम गुरुङले भारत जस्तो आफुलाई प्रजातान्त्रिक भन्ने मुलुकले ज्ञापनपत्र नबुझ्नु दुख लाग्दो कुरा भएको बताइन । सन् १९६२ को भारत चिन युद्ध पछि भारतले नेपालको कालापानी क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको जानकारहरु बताउ तर यो विषय मा एस अघिका र अहिलेको दुइ तिहाई बहुमत प्राप्त सरकारले कुनै सार्थक पहल नगरेको उनीहरुको भनाइ छ ।
एनआरएनए केन्द्रीय परिषदले हरेक देशका राष्ट्रिय समन्वय परिषदहरुलाई आफ्नो नजिकका भारतीय दूतावास वा हाई कमिसन पुगेर विरोध प्रदर्शन गर्न निर्देशन गरेअनुसार नै बेलायतमा प्रदर्शन गरिएको एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले बताए ।तस्विर सौजन्य: प्रकाश कंडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *